शहीद गंगालाल हृदय केन्द्र जनकपुरको सेवा प्रभावकारी बनाउन सांसद साहको आग्रह


२७ असार २०७७, शनिबार
Prabhu Sah CPN

जनकपुरधाम, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष प्रभु साहले जनकपुरधामस्थित शहीद गंगालाल हृदय केन्द्रलाई व्यवस्थित गर्दै सर्वसधारण सेवाग्राहीको सेवामा ध्यान दिन सरकारसँग माग गरेका छन् ।

जनकपुरधामस्थित हृदय केन्द्रको आवश्यक भवनलगायतका पूर्वाधार, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु चरम अभाव रहेका कारण सर्वसाधारण सेवाग्राहीले गुणस्तरीय सेवा पाउनबाट बञ्चित हुँदै आएकोमा अध्यक्ष साहले चिन्ता व्यक्त गरेका छन् ।

‘जनकपुरधामको हृदय केन्द्रमा आवश्यक भवनलगायतका पूर्वाधारको अभाव, जनशक्तिको कमी, विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरणहरुको चरम अभाव रहेको छ’, अध्यक्ष साहले भने, ‘सर्वसाधारण सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि यी समस्याहरुको समाधान हुनुपर्छ, सरकारले यसमा ध्यान दिन आवश्यक छ ।’

पूर्वमन्त्री तथा सांसद समेत रहेका अध्यक्ष साहले प्रदेश–२ का जनतालाई जनकपुरधामस्थित केन्द्रबाटै गुणस्तरीय सेवा उपलब्ध गराउन तत्काल सरकारले दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् । भवनसहितको पूर्वाधारका साथै आवश्यक स्वास्थ्य सामग्री एवं उपकरणको व्यवस्थापका लागि सरकारले ध्यान दिनुपर्ने माग उनले उठाएका छन् ।

काठमाडाैंको बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रको जनकपुरधाममा शाखाको रुपमा स्थापना गरिएको केन्द्रमा दक्ष चिकित्सकको समेत अभाव रहेको छ ।

gangalal

बाँसबारीस्थित हृदय केन्द्रबाट पाइने सेवा सुविधा प्रदेश–२ को जनकपुरधामबाटै पाउनका लागि कम्तीमा पनि एसजिएनएचसी, दक्ष जनशक्ति, आवश्यक पूर्वाधार एवं स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने माग उनले गरेका छन् ।

जनकपुरधाममा दक्ष जनशक्ति, स्वास्थ्य सामग्रीको अभावमा सेवा लिनका लागि काठमाडौं नै पुग्नुपर्ने समस्या रहेको छ । जनकपुरबाटै सेवा पाउनु पर्ने माग यहाँका सर्वसाधारण नागरिकले विगतदेखि गर्दै आएका छन् ।

जनकपुर शाखाका प्रमुख डा. राजेशकुमार साहले इमरजेन्सीसहितको भर्ना वार्डको अभावका साथै आईसीयूमा मुटुरोगका लागि सीसीयू छुटै हुनुपर्ने, वार्डमा छुटै मुटुरोगका लागि बेडका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको बताए ।

अहिले कोरोना भाइरस महामारीको समयमा समेत सर्जिकल मास्क र ग्लोभसको भरमा काम गर्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखेका छन् । आवश्यक भवनका साथै औषधिको समेत अभाव रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७