विवादित बलिउड फिल्म ‘पद्मावत’ को कमाइ ७ दिनमै ११५ करोड
बलिउडको इतिहासमै सबै भन्दा धेरै विवादित भनेको ‘पद्मावत’ चलचित्रले प्रदर्शनको ७ दिनमै ११५ करोडको व्यापार गरेको छ । प्रदर्शनमा आउनु भन्दा अगाडि नै विवादित, भारतका विभिन्न स्थानमा बन्द, हड्तालसम्म गराउन पुगेकै कारण चलचित्र हेर्न दर्शक ओइरिए । ‘पद्मावत’ ले ११५ करोडको व्यापार गर्दै एक सय करोडको क्लबमा आफ्नो स्थान बनाएको छ ।
फिल्म रिलिजको पहिलो दिन अर्थात शुक्रबार मात्रै संजयलीला भंसालीको फिल्म ‘पद्यावत’ ले ३२ करोडको कमाई गरेको थियो । यस्तै शनिबार २७ करोड र आइतबार ३० करोड भन्दा बढी कमाएको छ । यसका अलावा फिल्म ‘पद्यावत’को पेड प्रिभ्यूमा ५ करोड, बिहीबार १९ करोड को कमाई गरिसकेको जनाइएको छ ।
उत्तर अमेरिकामा पदर्शनको पहिलो दिनमै २२.१८ करोड कमाएर फिल्म ‘पद्मावत’ले आमिर खानको फिल्म पिके, दंगल र धुम ३, सलमान खानको बजरंगि भाइजान, शाहरुख खानको दिलवाले फिल्मको रेकर्ड समेत तोडेको छ । ‘पद्मावत’ले भारतमा मात्रै नभएर वल्र्ड वाइडमै फिल्मका यूनिटले सोचे भन्दा दुई गुणाले ज्यादा कमाइ गरिरहेको छ ।
यसअघि चर्को विवादको तनावमा परेका फिल्मका निर्देशक संजय लीला भंसाली लगायत नायिका दीपिका पादुकोण, शाहिद कपूर र रणविर सिंह फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेकाले निकै उत्साहित भएका छन् । फिल्मकी रानी पात्र पद्मावती अर्थात दिपिका पादुकोणले फिल्म सफल भएसँगै सक्सेस पार्टी राखेर खुशीयाली मनाएकी छन् ।