राष्ट्रियसभा निर्वाचन केन्द्रित बन्यो बाम गठबन्धन


१५ माघ २०७४, सोमबार
bam

काठमाण्डौं, १५ माघ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ ।bam

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेद्वार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिए । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ ।

यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी थिए । अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो । यसैबीच कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन, पार्टी एकताबारे छलफल गर्न मंगलबार बिहान १० बजे एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७