पूर्व युवराज्ञी हिमानी सांसद बन्न दौडधुप !


१५ माघ २०७४, सोमबार
himani

काठमाण्डौं, १५ माघ : पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रियसभामा प्रवेश गर्नका लागि दौडधुप थालेको समाचार बाहिर आएका छन् ।
राजनीतिमा आउने इच्छा देखाएसँगै हिमानीलाई राष्ट्रिय सभामा सांसद बनाउन दरवार निकट व्यक्तिहरुले लविङ शुरु गरेको समाचार स्रोतले जनाएको छ ।himani 1

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बैंककमा भेटेर हिमानीले आफू राजनीतिमा आउने इच्छा जाहेर गरेको बताइन्छ । पूर्व दरवारियाहरुले पनि हिमानीलाई संसदमा प्रवेश गराएर यहि व्यवस्थामा दरवारको प्रतिनिधित्व गराउन दलहरुलाई सुझाव दिइरहेका छन् । उनीहरुले राजतन्त्र फर्कन गारो बन्दै गएको निष्कर्ष निकाल्दै यही व्यवस्थामा सहभागी भएर आफ्ना एजेण्डलाई जनतासम्म लिनु पर्ने सुझाव पूर्व राजा ज्ञानेन्द्रलाई पनि दिइरहेका जनाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामा हिमानीको नाम पनि समावेश गर्न पूर्व दरवारीयाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गरिरहेको पनि स्रोतको दावी छ । तर, यो समाचारप्रति देउवा, ओली र प्रचण्डको कुनै प्रतिक्रिया बाहिर आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७