प्रविधिमा आधारित लेखा प्रणाली अपनाउँदै काठमाडौं महानगर


३० असार २०७७, मंगलवार
kathmandu mahanagarpalika

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षबाट प्रविधिमा आधारित नयाँ लेखा प्रणाली (सूत्र) अपनाउने भएको छ । सरकारले चालू आर्थिक वर्षबाट सूत्र लेखा प्रणाली अपनाउन देशभरका स्थानीय तहलाई परिपत्र गरेको थियो ।

तर, काठमाडौं महानगरले अपनाएको थिएन । महानगरले १ साउनदेखि सञ्चित कोष व्यवस्थापन गर्न सब–नेसनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सूत्र)मा आधारित लेखा प्रणाली प्रयोग गर्ने भएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

महानगरले सञ्चित कोष व्यवस्थापन प्रणालीसम्बन्धी महानगरका वित्त विभाग, आन्तरिक लेखा प्रणाली शाखाका अधिकारी, वडाका सचिव र लेखापाललाई चार समूह बनाएर प्रयोगात्मक ज्ञान दिएको छ । मेयर शाक्यले यो प्रणाली लागू भइसकेपछि वित्तीय व्यवहार थप अनुशासित र पारदर्शी हुने अपेक्षा गरिएको बताए ।

‘कुन शीर्षकमा महानगरले के काम गर्दै छ ? कामको प्रगति कहाँ पुग्यो ? भनेर नागरिकले थाहा पाउन सक्छन्,’ उनले भने, ‘प्रणालीमा आधारित भएकाले सुरुवातका दिनमा केही असजिलो जस्तो लाग्न सक्छ, तर महानगरका कर्मचारीसँग क्षमता छ ।’

काठमाडौं महानगरले ०५७–५८ अघिसम्म नगदमा आधारित (क्यास बेसिस) लेखा प्रणाली सञ्चालन गथ्र्यो । ०५५ मा जारी स्थानीय स्वायत्त शासन ऐन र ०५६ मा जारी नियमावलीमा आधारित एक्युरल अकाउन्टिङ सिस्टम (प्रोदभावी लेखा प्रणाली) प्रयोग गरिरहेको छ ।

महानगरका कर्मचारीलाई सूत्रबारे प्रशिक्षित गर्दै महालेखा नियन्त्रक गोपीनाथ मैनालीले महानगरमा खाता सूची र सरकारी तथ्यांक बुझेका कर्मचारी भएकाले सूत्र प्रणाली सञ्चालन गर्न समस्या नहुने बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७