‘दीपालाई क्षमा दिनुहोला’


२ श्रावण २०७७, शुक्रबार
Rajesh hamal 20200217020116

काठमाडौं, २ साउन । नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् ।

फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन आफ्ना प्रशंसकसमक्ष आग्रह गरेका छन् ।

मध्यरातमा जारी गरिएको ९ मिनेट लामो भिडियोमा अभिनेता हमालले दीपा श्रीको नाम भने कतै उच्चारण गरेका छैनन् । उनले ‘सम्बन्धित व्यक्ति’ र ‘मेरो सहकर्मी’ लाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन् । सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन् । उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन् ।

उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरूले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया राख्दै आउनु भएको छ । कला क्षेत्र, जोसँग म संलग्न छु । निःसन्देह त्यसमा दर्शकले दिनुभएको सल्लाह, सुझाव तथा भनाइले अहम् भूमिका निर्वाह गर्छ ।

दर्शकले बेला बखतमा दिने सल्लाह तथा सुझावले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ । र, दर्शकले पनि हामी कलाकारले सम्प्रेषण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ । त्यो भनेको दर्शक र कलाकारबीच नङ र मासुको जस्तो सम्बन्ध छ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७