सरकारी ढुकुटीमा देउवाको दोहन, – ६ महिनामै बाँडियो कार्यकर्तालाई ७ करोड


१६ माघ २०७४, मंगलवार
sher bahadur deuba 1

काठमाण्डौं, १६ माघ : पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षा दलहरुबाट मात्र नभई आफ्नैहरुबाट समेत आलोचित बन्न थालेका छन् ।sher bahadur deuba 1

जसको कारण हो सरकारी ढुकुटी दोहन र नजिकका नेता–कार्यकर्ता पोस्ने काम । सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको समाचार स्रोतले जानकारी दिएको छ ।

आर्थिक सहायता शीर्षकमा यो आर्थिक बर्षका लागि छुट्याइएको रकमले पहिलो ६ महिनालाई पनि पुगेन । अर्थ मन्त्रालय स्रोतले भनेको छ–‘यो देश त्यस्तै त ऋणमा चलेको छ भने यसरी आर्थिक सहायताका नाममा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जभाभावी रकम बाँड्ने हो भने अर्थतन्त्रको अवस्था के होला ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७