‘खिचडी’ जस्तो संवैधानिक व्यवस्थाका कारण नेकपाभित्र संकट : प्रभु साह


१४ श्रावण २०७७, बुधबार
prabhu sha

गौर, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले संवैधानिक व्यवस्थामा रहेको त्रुटीका कारण पार्टीभित्र संकट उत्पन्न भएको बताएका छन् ।

रौतहटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका नेता साहले सम्झौताको आधारमा निर्माण भएको संविधानमा समावेश गरिएका कतिपय समय र सिद्धान्त विपरीत व्यवस्थाकै कारण नेकपामा नेतृत्व तहमा विवाद सिर्जना भएको बताए ।

‘अहिले जुन संविधान छ, यो सम्झौताको बलमा तयार भएको संविधान हो । संविधानमा कतिपय ठाउँमा आवश्यकता भन्दा विपरीत ध्रुवको व्यवस्था पनि समावेश भएको छ जसले गर्दा यो संविधानमा अपूर्ण छ । त्यही अपूर्णता कारण आज हाम्रो पार्टीमा संकट उत्पन्न भएको हो ।’

अध्यक्ष साहले भने, ‘अहिलेको संविधानले न त कम्युनिष्ट सिद्धान्त बोकेको छ न त कांग्रेसकै, समग्रमा भन्ने हो भने हालको संवैधानिक व्यवस्था खिचडी जस्तो भएको छ । र पार्टीभित्र देखिएको विवाद त्यही त्रुटीपूर्ण व्यवस्थाको उपज हो ।’

राजनीतिक स्थिरता र निरन्तर विकासका लागि संविधानमा रहेको त्रुटी सच्याउनुपर्ने नेता साहको भनाई थियो । साथै नेता साहले पार्टी एकताका पक्षमा उभिन र सहमतिका आधारमा अगाडि बढ्न नेताहरुलाई दबाब दिन कार्यकर्ता अगाडि आउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७