रुकुम हत्याकाण्डका पीडित परिवारलाई कलाकारको पाँच लाख सहयोग


१४ श्रावण २०७७, बुधबार
five 1

काठमाडौं, १४ साउन । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले रु पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

यहाँ आज अयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

यही जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औंं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना अन्तिम हुनुपर्ने र अब यस्तो घटना हुन नहुने बताए । गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष गायक यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम सङ्कलन गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७