कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन


१६ श्रावण २०७७, शुक्रबार
thumb 1 2

मकवानपुर, १६ साउन । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । आयोजना प्रथमका अनुसार केही दिनदेखि आएको वर्षाका कारण कुलेखानीको इन्द्रसरोवर जलासयमा पानी भरिन अझै १८ मिटरको सतह बाँकी रहेको छ ।

इन्द्रसरोवर जलासयमा साउन १५ गते राति १२ बजेसम्ममा १५१८.५२ पानीको सतह थियो भने आज अपराह्न ४ बजेसम्ममा १५१८.३५ सतहसम्म मात्र पानी रहेको छ । हिजोको तुलनामा आज १७ सेन्टिमिटर पानी घटेको पाइएको कुलेखानी जलविद्युत् आयोजना नियन्त्रण कक्षका इन्चार्ज रामकुमार चौधरीले जानकारी दिए ।

कुलेखानी जलासयमा पानी सतह बढ्दै जाँदा अहिले कूल क्षमताअनुसार विद्युत् उत्पादन गर्दै आएको सो आयोजनाले जनाएको छ । कुलेखानी जलविद्युतबाट उत्पादित विद्युत् हेटौंडा औद्योगिक क्षेत्रलगायत देशका विभिन्न शहरमा आपूर्ति भइरहेको र अब विद्युत् उत्पादन निरन्तररूपमा भइरहने पनि कुलेखानी प्रथम आयोजनाका प्रबन्धक धीरेन्द्र चौधरीले राससलाई बताए ।

वर्षातका पानीबाट इन्द्रसरोवर जलासयमा पानीको सतह भरिए पनि विद्युत् उत्पादनको लागि नियमित तीन वटै आयोजनाको मेसिन सञ्चालनमा ल्याइएकाले कुनै खतरा उत्पान्न नहुने पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७