बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र सहायक संरक्षण अधिकृत अख्तियारको नियन्त्रणमा

गाडीबाटै आठ लाख रुपैंयाँ बरामद


१९ श्रावण २०७७, सोमबार
akh

बाँके, १९ साउन । बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकमसहित कार्यालयको बा.२ झ १८७३ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले भट्टराई र रोकायबाट स्रोत नखुलेको तीन लाख ४८ हजार रुपैयाँ र बिभिन्न मितिको बैंक भौचर रु पाँच लाख ५० हजार गरी आठ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ ।

उनीहरुलाई सोमबार सैनामैना नगरपालिका–१० रुपन्देहीबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७