संक्रमित बढेपछि सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा


१९ श्रावण २०७७, सोमबार
saptari

सप्तरी, १९ साउन । कोरोना भाइरस संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरससंक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनका अनुसार निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सन्क्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

cdo saptari press bigyapti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७