‘कोरोनाको खोप बने पनि ५० प्रतिशत मात्र काम गर्छ’


२४ श्रावण २०७७, शनिबार

काठमाडौं, २४ साउन । अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताएका छन् ।

टास्क फोर्सका सदस्य समेत रहेका फाउचीले खोपले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताएका हुन् ।

b75907040fa07383a7a62c94f5137af7 w1000 h500 cp
अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउची

महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उनको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स नियुक्त गरे पनि उनको सुझावप्रति ट्रम्पले फाउचीको सुझावलाई वेवास्था गर्दै आएका छन् ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ । संसारभर कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २५ लाख निको भएका छन् भने ७ लाख २४ हजारको ज्यान गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७