काठमाडौं कोरोना सक्रिय संक्रमित जिल्लाको सूचीमा, सात जिल्ला संक्रमित शून्य जिल्ला


२४ श्रावण २०७७, शनिबार
corona virus covod 19 1536x1057 1 1

काठमाण्डौ, २४ साउन । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । काठमाण्डौ जिल्ला कोरोना सक्रिय सङ्क्रमित जिल्लाको सूचीमा परेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले काठमाडौं जिल्लालाई कोरोना सक्रिय संक्रमित जिल्लाको सूचीमा राखेको हो । मन्त्रालयले ५ सय भन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय सङ्क्रमित जिल्लाको सूचीमा राख्ने गरेको छ ।

उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३–३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका एक, त्रिवि शिक्षण अस्पतालमा एक जनामा कोरोना पुष्टि भएको छ ।


नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३ र काठमाडौंका २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।


काठमाण्डौसँगै पर्सा, रौतहट र महोत्तरी सक्रिय सङ्क्रमित हुने जिज्लाको सूचीमा छन् । भने सात जिल्ला संखुवासभा, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला भने शून्य सङ्क्रमित जिल्लाको सूचीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७