कोरोनाबाट जनकपुरमा थप एक जनाको मृत्यु


२७ श्रावण २०७७, मंगलवार
korona death

जनकपुर, २७ साउन । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको दर बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणका कारण जनकपुरमा थप एक जनाको ज्यान गएको छ ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

उनी साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो । उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा. जामुन सिंहले जानकारी दिएका छन् । उनी क्षयरोगका विरामी समेत रहेको अस्पतालले जनाएको छ ।

यसअघि आइतबार जनकपुरको कदमचोकस्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए ।

दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७