लकडाउनले सुरजलाई सिकायो नयाँ बिजनेश ‘आइडिया’, नेपालमै पहिलोपल्ट अनलाइन प्रिन्टिङ सेवा शुरु


२७ श्रावण २०७७, मंगलवार
suraj rai 1

काठमाडौं, २७ साउन । अहिलेको युग प्रविधिको युग हो । प्रविधिसँग जोडिन सकेको खण्डमा कम लगानी, थोरै समयमा सहज रुपमा आफू बसेकै ठाउँबाट विभिन्न सुविधा लिन सकिन्छ ।

नेपालमा पनि अहिले विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेको छ । अझ अहिले कोरोना भाइरस महामारीका बेला त प्रविधि प्रयोग गर्न जान्नेहरुका लागि घरमैमा बसी-बसी आफूलाई आवश्यक परेका धेरै खालका सुविधा पाउन सकिने अवस्था छ । अहिले कोरोना महामारीका कारण घर बाहिर निस्किन जोखिम छ । कोरोना धेरैका लागि समस्या बनिरहेका बेला केहि युवापुस्ताका लागि भने अवसर समेत बनेको देख्न सुन्न सकिन्छ ।

कोरोना भाइरस महामारीका कारण धेरैको व्यापार व्यवसाय चौपट्ट बनिरहेका बेला केहि युवाले भने संकटको यो घडीमा आफ्नो व्यवसायलाई समय र परिस्थिति अनुसार परिमार्जन गर्न सफल भएका छन् । जसका कारण आफ्नै घर वरपरका विभिन्न क्षेत्रका व्यापारी व्यवसायिक कोरोनाका कारण व्यवसाय बन्द हुने अवस्थामा पुगेको गुनासो गरिरहेका बेला समय अनुसार प्रविधिलाई प्रयोग गर्न जान्ने युवाले भने संकटकै समयमा पनि आफ्नो व्यवसाय मज्जाले चलाएर आम्दानीलाई निरन्तरता दिइरहेका छन् ।


यस्तै युवा व्यवसायीमध्येका एक हुन्, प्रिन्टिङ सेवा कम्पनीका सिइओ सुरज राई । कोरोना महामारीको यो अवस्थामा सुरज अरु व्यवसायी जस्तो व्यवसाय चौपट्ट भयो मात्र भनेर बसिरहेनन् । बरु संकटको अवस्थामा आफ्नो व्यवसायलाई कसरी नयाँ तरिकाले अगाडि बढाउने भन्नेतिर लागे । १० वर्षदेखिको डिजाइन, प्रोगामिङ्ग र मल्टिमिडियाको लामो अनुभव संगाललेका सुरजले संकटलाई सफलताको सिंढीका रुपमा प्रयोग गरे ।

print sewa

‘जहाँ समस्या त्यहाँ उपाय’ भन्ने उखान जस्तै सुरजले आफ्नो हिजोको प्रिन्टिङ्गको व्यवसायलाई प्रविधिसँग जोडेर नयाँ शैलीमा अगाडि बढाए । जसका कारण काठमाडौंको चावहिलबाट उनको व्यवसाय कोरोना संकटका बेला पनि सहजै चलिरहेको मात्र छैन, कोरोना महामारीको त्रासमा बाहिर निस्केर सेवा लिनु पर्ने ग्राहकलाई समेत घरबाटै आफ्नो इच्छा र आवश्यकता अनुसारको सेवा लिने अवसर मिलेको छ ।

कोरोना महामारीका कारण सिर्जित लकडाउनमा सुरजले लगाएको ‘आइडिया’ कै कारण उनको छपाईसम्बन्धी काम गर्ने कम्पनी ‘प्रिन्टिङ सेवा’ नेपालकै पहिलो अनलाइन सेवा दिने प्रिन्टिङ व्यवसायका रुपमा स्थापित हुने क्रममा छ ।

सुरजले यहि लकडाउनकै अवस्थामा आफ्नो पुरानो शैलीको प्रिन्टिङ प्रविधिलाई परिमार्जन गरी अनलाइन प्रविधिमा ढालेका छन् ।

अब जोकसैले जुनसुकै ठाउँबाट सुरजको नयाँ Printsewa.com.np वेबसाइटमा गएर आफूलाई प्रिन्टिङका विभिन्न डिजाइन सेवा लिन सक्ने छन् । अनलाइन प्रिन्टिङमा प्रिन्ट सेवाको अनलाइन सेवा नेपालमै पहिलो र नयाँ अवधारणा भएको उनी सुनाउँछन् । लकडाउनको समयमा सबै क्षेत्र अनलाइनमा गइसकेको अवस्थामा प्रिन्टिङ्ग क्षेत्र चाँहि किन जान सक्दैन भन्ने लागेर आफूले पनि प्रिन्टिङ्गसम्बन्धी सबै खालका सेवा अनलाइन गरेको बताउँछन् ।

कुनै पनि सामग्री प्रिन्ट गर्नका लागि सेवाग्राही स्वयम् प्रिन्टिङ्गस्थलमै पुग्नु पर्ने, समय र खर्च बढी लाग्ने लगायतका समस्यालाई मध्यनजर गर्दै आफू पनि प्रविधिउन्मुख हुने र ग्राहक सेवाग्राहीलाई समेत प्रविधिमैत्री बनाउँदै घरबाटै सहज रुपमा सेवा लिन सक्ने वातावरण सिर्जना गर्न नेपालमा पहिलोपल्ट अनलाइन प्रिन्टिङको सेवा शुरु गरेको बताउँछन् ।

suraj rai
युवा व्यवसायीमध्येका एक हुन् प्रिन्टिङ सेवा कम्पनीका सिइओ सुरज राई ।

‘पुरानो प्रक्रिया एकदमै झन्झटिलो र लामो थियो । डिजाइन गराउने, एडिट गर्ने, एडिट गरेर प्रुफ हेर्ने, प्रिन्टिङमा दिने, कुर्नेलगायतको प्रक्रिया एकदमै लामो र झन्झटिलो हुन्छ’, सुरज भन्छन्, ‘अब यो सब घरबाटै गर्न सकिन्छ ।’

प्रिन्टसेवाले प्रविधिकै माध्यमबाट ग्राहक–उपभोक्तासँग छलफल गरेर चाहना र छनोट अनुसारकै सेवा उपलब्ध गराउने सुरजले सुनाए । तीन वर्ष अघिदेखि नै प्रिन्टिङ्गको सेवा दिंदै आएको प्रिन्ट सेवाले साउन २३ गतेदेखि नयाँ शैली र प्रविधिमा काठमाडौं चावहिलबाट सेवा शुरु गरेको हो ।

के हो Printsewa.com.np ?

नेपालको पहिलो प्रिन्टिङ इकमर्श वेभसाइट ।

के–के हुन्छ काम ?
हरेक किसिमको छपाईसम्बन्धी काम हुने ।
कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्न सकिने ।
५० भन्दा बढी किसिमको पेपर, ३० भन्दा बढी मिडिया प्रयोग गरी प्रोडक्ट तयार गर्न सकिने ।
डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रिन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, युभि प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिने ।

५० भन्दा बढी प्रोडक्ट उपलब्ध, थपिने क्रम जारी ।
भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आइडी कार्ड, खाम, डायरी, स्टाम, टि–सर्ट, क्याप, कि रिङ्, डटपेन, घडी, छाता, क्याटलग, कम्पनी प्रोफाइल, प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइवे बोर्ड, इन्डोर साइनेज, मग, प्लेट, कुरन, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम्, ग्रिटिङ कार्ड, ट्याठ, रेकर्ड फाइल, पत्रिका, किताब, ग्रन्ट, कपी, स्लिप, नोट कपी, ड्याङ्लर, स्टिमर, निमन्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइ हाउजिङ आदि सहजै छाप्न सकिने, मात्र ३ स्टेपमा अर्डर गरी यहाँको लोकेसनमा डेलिभर हुने ।

आप्mनो डिजाइन नभए पनि अनलाइल डिजाइन गरी अर्डर गर्न सकिने अथवा रियल टाइम डिजाइनर हायर गर्न मिल्ने ।

नेपालको प्रायः वालेटबाट भुक्तानी गर्न मिल्ने ।

आफ्नो अर्डर ट्रयाक गर्न सकिने । इमेल वा एसएमएस नोटिफिकेसन प्रदान गरिने ।
आफ्नो सबै पुराना अर्डरहरु १ वर्षसम्म हेर्न वा रिअर्डर गर्न मिल्ने ।

नेपालको जुनसुकै ठाउँमा डेलिभरको सूविधा (अहिले काठमाडौंमा सीमित)

Printsewa.com.np नै किन ?
विगत १२ वर्षदेखि हामी प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको संस्था हो । यसबीच हामीले छपाईसम्बन्धी धेरै भन्दा धेरै समस्याहरुको सामना गर्नु पर्‍यो ।

जस्तो प्रिन्ट क्वालिटी, पेपर क्वालिटी, छपाई ढिला हुने, सहि साइजको कटिङ नहुने, कुन प्रिन्ट कहाँ गर्नुपर्ने थाहा नहुने, कहिले पहुँच नहुने, छापी सकेपछि नि बाइन्डिङको समस्या, कहिलेकाँही छाप्न पेपर नपाउने, छाप्न पालो कुर्नु पर्ने, डिजाइन अनुसार आफनाे ब्राण्ड कलर नमिल्ने, महँगो हुने, बजारमा नयाँ प्रविधि आएको थाहा नहुने, सहि भिडियो प्रयोग गर्न नसकिने, साना डिजाइन व्यवसायहरुको आफनै प्रिन्टर नहुने जहिले अरुकोमा प्रिन्ट गर्नुपर्ने ।

मुख्य समस्या : ढिला हुने र झन्झट हुने, गुणस्तरमा सम्झौता गर्नुपर्ने

यस्तै समस्याबाट मुक्त पार्न हामीले यो क्षेत्रका लागि नयाँ इकर्मस वेभसाइट र एप्स ल्याएको छौ ।

printsewa.com.np काे उद्देश्य
छपाई, ब्रान्डिङ र प्रचार प्रसारका सम्पूर्ण काम अनलाइनमार्फत गर्न मिल्ने (समय बच्ने र झन्झटमुक्त हुनेछ ) छपाई सेवा लिने र दिनेका लागि प्याल्ट फर्म बनाउने (व्यावसाय बढ्ने)
डिजाइ सेवा लिन र दिनका लागि पनि प्याल्ट फर्म बनाउने (झन्झट नहुने र रोजगारी बढ्ने)
नेपाली प्रोडक्ट विदेशमा निर्यात गर्ने–नेपाली कागजबाट बनेका सामग्री, हस्तकलाहरु (देशको आम्दानी बढ्ने )
उपभोक्तहरुलाई डाइरेक्ट सेवाप्रदायक संग जोड्ने (सस्तो र छिटो हुनेछ)
सामन्यब्यात्तीले नि डिजाइन गर्न सक्ने र अर्डर गर्न सक्ने वेभ र एप्स बनाउने (झन्झटमुक्त, सहज हुनेछ)
छिटो, गुणस्तरिय, भरपर्दो सेवाप्रदान गर्ने (डिजिट नेपाल हुन टेवा मिल्ने)
कगजको खपतकमगर्न भविष्यमा डिजिट कगजपत्रको विकास गर्ने, पेपर फ्रि राष्ट्र बन्ने । (वातावरण संरक्षण हुने र नयाँ प्रविधिको विकास हुने)

के छन् अफर ?
अहिलेको अफर : निःशुल्क ५५५ पिस बिजिनेस कार्ड ।

सिपिङको व्यवस्था
प्रिन्टसेवाले ग्राहकहरुको सुविधाको लागि देशैभर सिपिङको समेत व्यवस्था गरेको छ । कम्पनीले स्ट्याण्र्डड र एक्प्रेस सिपिङ माफत ग्राहकले चाहेको घर, कार्यालाय वा अन्य ठेगानामा सिपिङ् गर्ने व्यवस्था गरिएको छ । वेभ तथा एप्स आफनाे भगेनी कम्पनी क्रिनोभाले बनाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७