१३ औं सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको पदक खोसियो


२८ श्रावण २०७७, बुधबार
noc d1yJTcDIE3

काठमाडौं, २८ साउन । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

नेपालमा गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं सागमा सहभागी १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको डोपिङ पोजेटिभ पाइएको हो । दुवै जनाको डोपिङ पोजेटिभ देखिएको र उनीहरुले त्यसलाई स्वीकारेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुवै खेलाडीलाई सन् २०१९ डिसेम्बर २ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मका लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीको विज्ञप्तिमा उल्लेख छ । नदिम र अलीको स्वर्ण पदक खोसिएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । यस क्रममा दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको थियो । १३ औं सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो । दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्ण मात्र रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७