यी चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना


२९ श्रावण २०७७, बिहीबार
raining

काठमाडौं, २९ साउन । जल तथा मौसम विज्ञान विभागले आज विहान (अहिले) हाल देशभर सामान्य बदलीको अवस्था रहेको बताएको छ । प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ ।

विभागले आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज (बिहीबार) राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । विभागले प्रदेश–१, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् । मनसुन चलिरहेकाले कतैरकतै पानी परे पनि भोलिदेखि लगातार झरीको सम्भावना कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने सम्भावना छ । तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७