कोराना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा


२९ श्रावण २०७७, बिहीबार
pranav mukharjee

नयाँदिल्ली, २९ साउन । कोरोना भाइरस संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।

बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो । गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् । मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । स्रोत ः हिन्दूस्तान टाइम्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७