एनआइसी एशिया बैंकको कोरोना कोषमा १ करोड ७ लाख सहयोग


३ भाद्र २०७७, बुधबार
nic asiya

काठमाडौं, ३ भदौ । सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार सहयोग प्रदान गरेको छ ।

बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड सात लाख ५९ हजार सहयोग प्रदान गरेको हो ।

कोरोना महामारीको यो असाधारण समयमा मुलुकको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व बहन गर्दै नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा उक्त रकम जम्मा गरेको बैंकले जनाएको छ ।

बैंकले यस अघि समेत आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै देशका सातै प्रदेश सरकारलाई १५÷१५ लाख गरी कुल एक करोड पाँच लाख रकम प्रदान गरिसकेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट पाँच लाख समावेश गरी १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विभिन्न प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा करिब ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७