थप ६८१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८ हजार ९३८ पुग्यो

२४ घण्टामा ६ जनाको मृत्यु, मृत्तक संख्या १२० पुग्यो


३ भाद्र २०७७, बुधबार
korona 7

काठमाडौं, ३ भदौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ५सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार सात सय पुगेको छ । अहिले ११ हजार ११८ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । यस्तै १३ हजार ५१ जना क्वारेन्टिनमा छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १२० पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७