नेपालमा कोरोना संक्रमित २९ हजार ६४५, मृत्यु १२६ पुग्यो, आज ७०७ जना थपिए {भिडियाे}


४ भाद्र २०७७, बिहीबार
Ministry of Health and Population Nepal Press Briefing on COVID 19 Ministry of Health and Populat.00 00 24 23.Still002

काठमाडौं, ४ भदौं । नेपालमा कोरोना संक्रमितकाे संख्या २९ हजार ६४५ पुगेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, मकवानपुर, सप्तरीका एक–एक जना र पर्साका तीन जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै बिहीबार थप २६४ जना कोरोना मुक्त भइ डिष्चार्ज भएका छन् । योसंगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ हजार ९ सय ६४ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ जना रहेका छन् भने ११ हजार ७६८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएकाे हाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७