काठमाडौं निषेधाज्ञा तेस्राे दिन : जनजीवन पूर्ण रुपमा प्रभावित {भिडियाे}


६ भाद्र २०७७, शनिबार
nisedhagya kathmandu 1.00 00 07 22.Still002

काठमाडाैं, ६ साउन । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ ।

त्यस्तै निषेधाज्ञाको तेश्रो दिन शनिबार सरकारी तथा अन्य कार्यालय बन्द भएका कारण पनि उपत्यका सुनसान देखिएको छ ।

बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुधबार मध्यरातिदेखि काठमाडौ उपत्यकामा निषेधाज्ञा लागु गरिएको हो ।

काठमाडौं उपत्यकामा आज (शनिबार) हालसम्मकै धेरै २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आजै देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६३४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७