नायिका निता ढुङ्गानाले उमेर घटाएर १५ वर्षकी बनिन्, शहरभर चर्चा


२१ माघ २०७४, आईतवार
nita

काठमाण्डौं, २१ माघ : केटाहरुको जागिर नसोध्नु, महिलाको उमेर नसोध्नु भन्ने उखान निकै चल्तीमा छ । महिलाले ढाँटे पनि उमेर घटाउन उति सजिलो छैन । एक पटक बनाएको नागरिकता फेरि सच्याएर उमेर मिलाउन मिल्दैन । तर, नायिका निता ढुङ्गानाले भने आफ्नो उमेर घटाउन सफ लबनेकी छन् ।nita

त्यो पनि पत्याई नसक्नु, १५ वर्षको मात्र । फिल्म ‘पञ्चायत’ को ट्रेलर रिलिज, निता १५ वर्षीय किशोरी बनेकी छन् । फिल्म ‘पञ्चायत’ को ट्रेलर रिलिज भएको छ । आइतबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको ट्रेलरमा मुख्य कलाकार सरोज खनाल, निता ढुङ्गाना र जान्वी बस्नेत फिचर्ड छन् । आयोजित कार्यक्रममा फिल्म युनिटले कलाकार र प्राविधिकलाई सम्मान समेत गरेको छ ।
अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’ मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री निता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

उक्त अवार्डमा हात पारेको सफलताको लागि फिल्मकर्मी सम्मानित भएका हुन् । फिल्ममा सरोज खनाल र निता ढुङगानासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ । फागुन १७ गते रिलिज हुने फिल्मलाई शिवम अधिकारीको निर्देशन गरेका हुन् । पञ्चायतमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७