फुटबल खेलिरहेका बेला चट्याङ लाग्दा युगान्डामा १० बालबालिकाको मृत्यु


१३ भाद्र २०७७, शनिबार
db4e080d9130002570097bda13d49d89 w1000 h500 cp

काठमाडौं, १३ भदौं । फुटवल खेलिरहेका बेला चट्याङ लाग्दा युगान्डामा १० बालबालिकाको मृत्यु भएको छ ।

अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए । पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ ।

१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको जनाइएको छ । ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७