निषेधाज्ञा काठमाडौं उपत्यकाकाे दशौं दिन {भिडियाे}


१३ भाद्र २०७७, शनिबार
Kathmandu nisdeaagaya jari.00 00 15 22.Still001

काठमाडाैं, १३ भदाै । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा शनिबार दशौं दिन पनि जारी छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाका क्रममा बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा पूर्णरुपमा बन्देज गरिएको छ ।

त्यस्तै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ ।

निषेधाज्ञाको उलंघन गर्नेको संख्या बढेपछि प्रहरीले उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ । त्यस्तै अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले भाद्र १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौं उपत्यकाका १८६ जनासहित नेपालमा आज (शनिबार) ८८४ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २४२ महिला र ६४२ पुरुष गरि थप ८८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

याे संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । शनिबार ३१३ जना डिष्चार्ज भएका छन् । यो संगै कोरोना निको भइ डिष्चार्ज हुनेको संख्या २०,५५५ पुगेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७