उपत्यकामा ४२९ सहित देशभर अहिलेसम्मकै धेरै काेराेना संक्रमण, संक्रमित ३७,३४० पुग्यो {भिडियाे}


१४ भाद्र २०७७, आईतवार
korona gautam1

काडमाडौं, १४ भाद्र । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै १ हजार २ सय २१ संक्रमित थपिएका छन ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १२२१ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज आइतबार देशभर १२ हजार ७ सय १७ जनाको पिसिआर गरिएको छ। त्यस्तै देशभर आज १७ हजार ५ सय १८ सक्रिय संक्रमित रहेका उनले बताए।

आज काठमाडौंमा ३ सय ७२ भक्तपुरमा १२ र ललितपुरमा ४५ गरी उपत्यकामा ४ सय २९​ संक्रमित थपिएका छन्। साथै ७ हजार ७ सय ९७ जना अझै क्‍वारेन्टाइनमा रहेका उनले बताए। नेपालमा १७ हजार पाँच सय १८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। त्यस्तै आज मकवानपुरमा ९ जना, रसुवामा ३, काभ्रेमा २५, चितवनमा ९०, धनुषा ७५ र बारामा ८२ जना थपिएका छन्।

यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७