इन्द्रजात्रामा सानिमा बैंकको ‘क्यूआर कोड यात्रा’को सौगात


१५ भाद्र २०७७, सोमबार
Design of Indrajatra QR campaign 1

काठमाडौं, १५ भदौं । इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा” योजना ।

यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्न सकिन्छ ।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेशन गर्र्नुपर्छ जसका लागि यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाइ खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु। ५०० को मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७