भदौं २६ गते नेकपा स्थायी कमिटी बैठक


२२ भाद्र २०७७, सोमबार
cpn
फाइल तस्बिर

काठमाडौं, २२ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी वैठक भदौं २६ गते बस्ने भएको छ ।

गत साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आज (सोमबार) बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलपछि बैठक बोलाउने सहमति जुटेको हो ।

शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

उक्त भेटमा प्रचण्डले पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टी सञ्चालनमा कार्यकारी अध्यक्षको भूमिका प्रष्ट नपारिएको गुनासो गरेका थिए । उनले कार्यकारी अध्यक्षको भूमिकाबारे प्रतिवेदनको सुझाव ‘अमुर्त’ रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७