फिफा वरियतामा नेपाल यथावत


१ आश्विन २०७७, बिहीबार
Nepal football team
Nepal’s national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

काठमाडौं, १, असोज । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७० औं स्थानमै रहेको थियो ।

त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९ औं, बङ्गलादेश १८७ औं, श्रीलङ्का २०६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो । एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएशिया आठौं, अर्जेन्टिना नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७