क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत फेला, हत्याको आशंका


४ आश्विन २०७७, आईतवार
child death 1

चितवन, ४ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटना हत्या जस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए ।

करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् ।

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहींभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७