कोरोनाबाट उपत्यकामा चारसहित थप १० जनाको मृत्यु, नेपालमा मृतक संख्या ४११ पुग्यो


४ आश्विन २०७७, आईतवार
korona death 2

काठमाडौं, ४ असोज । कोरोना भाइरस संक्रमणबाट नेपालमा आज (आइतबार) थप १० जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।

७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ । धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कूल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा ७६७ सहित देशभर थपिए एक हजार ३२५ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६१६ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार ३२५ जना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७६७ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा छन् । देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ ।

देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७