सीमा विवादका कारण अरमेनिया र अजबैजानबीच झडप, २३ सैनिक मारिए


१२ आश्विन २०७७, सोमबार
bibd

काठमाडौं, १२ असोज । अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप हुँदा २३ जना मारिएका छन् ।

दशकौंदेखि विवादको रुपमा रहेको नगनो र काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसके पनि अरमेनियालीहरुको नियन्त्रणमा रहेको छ ।

सो क्षेत्र अरमेनियालीहरुको कब्जाबाट मुक्त गर्ने क्रममा भएको झडपमा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अजरबैजानका राष्ट्रपति इलाहाम अलिएभले सो क्षेत्र आफूहरुको नियन्त्रणमा आउने दाबी गर्दै यसका लागि जस्तोसुकै संघर्ष गर्नुपरे पनि तयार रहेको बताएका छन् ।

यसअघि यही क्षेत्रलाई लिएर दुई देशबीच गत जुलाइमा भएको झडपमा १६ जना मारिएका थिए । उक्त क्षेत्र आफ्नो भन्दै अरमेनियालीहरुको तर्फबाट कब्जामुक्त गर्न दबाब दिँदै अजरबैजानमा वर्षौंसम्म प्रदर्शन समेत भएको थियो ।

सो क्षेत्र विश्व बजारमा तेल र प्राकृतिक ग्यास र पाइपलाइनहरुको करिडोरको रुपमा रहेको बताइएको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सीमा समस्या समाधानका लागि अजरबैजानलाई सहयोग गर्ने बचन दिएका छन् भने रुस, फ्रान्स र इरानले दुई देशबीच युद्धबिरामका लागि वार्ता समेत आह्वान गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७