मनसुन बाहिरिने क्रममा, शुक्रबारसम्म कुन प्रदेशको मौसम कस्तो ?


१४ आश्विन २०७७, बुधबार
sky clear

काठमाडौं, १४ असोज । नेपालमा मनसुन गराउने वायु प्रणाली विस्तारै कमजोर बन्दै गएको छ । जसका कारण अब विस्तारै पानी पर्ने क्रम रोकिंदै जाने मौसमविदले बताएका छन् ।

बंगालको खाडीमा न्यून चापीय क्षेत्रको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति प्रदेश- १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति प्रदेश-१, प्रदेश-२, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७