डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत सिफारिस


१५ आश्विन २०७७, बिहीबार
bd0c72b0cf8f14c1c214f0adb3aa0240 w1000 h500 cp

काठमाडौं, १५ असोज । सरकारले डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ का विश्वकर्मालाई राजदूतमा सिफारिस गरेको हो ।

बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदूत सिफारिस गरेको छ ।

सिफारिस भएका राजदूतहरुलाई संसदीय सुनुवाइबाट स्वीकृत गरेपछि र सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि सो मुलुकमा राजदूत हुने पक्का हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७