उपत्यकामा १२ सहित कोरोनाबाट थप १९ जनाको मृत्यु, नेपालमा मृतक संख्या ५५४ पुग्यो


१९ आश्विन २०७७, सोमबार
korona covid scaled

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२ सहित देशभर १९ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।

आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।
सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि आइतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा १५ सय ३१ सहित देशभर थपिए २४ सय ४० संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप १५ सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौंका ११७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौंका १३७३, भक्तपुरका ३९ र ललितपुरका १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २४ सय ४० कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १५ सय ३१ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परीक्षणमा २४सय ४० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

२४ घण्टामा एक हजार १३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । देशभर २३ हजार ५ सय जना संक्रिय संक्रमति छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७