२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २१ सय २९ जना संक्रमित


२७ आश्विन २०७७, मंगलवार

काठमाडौं, २७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३५ सय ५६ जना कोरोना भाइरस संक्रमितमध्ये काठमाडौं उपत्यकाका २१ सय २९ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७