सांसद साहद्वारा विकास निर्माणका कार्य अनुगमन


२८ आश्विन २०७७, बुधबार
p

गौर, २८ असोज । रौतहट क्षेत्र नम्बर–३ का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटमा जारी शहरी विकासलगायतका पूर्वाधार निर्माण कार्यको अनुगमन गरेका छन् ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, खासगरी शहरी विकास मन्त्रालयबाट निर्माणाधीन परियोजनाको प्रगति बुझ्न सांसद साह जिल्लाको विभिन्न ठाउँमा पुगेका हुन् ।

जिल्लाको मौलापुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिकामा निर्माणाधीन सडक, नाला, भवनलगायतको पूर्वाधारको प्रगति बुझ्न पुगेका सांसद साह निर्माण कार्यमा भएको ढिलाईप्रति असन्तुष्ट बनेका थिए ।

सांसद साहले ठेक्केदारलाई गुणस्तरमा ध्यान दिन तथा समयमै काम सक्न निर्देशन दिए । आफूले मिहिनेत गरेर परियोजना शुरु गराएको तर काममा ढिलाई हुँदा दुःखी भएको उनले बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले भने, ‘स्थानीयकै संलग्नतामा डिपिआर गराएर, करोडौंको योजना गराएका हौं तर मुल ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा लगाएर कामको गतिलाई रोकिदिएको छ । पेटी ठेकेदारले चोर शैलीमा पैसा जोगाउन कमसल काम गर्ने गरेका छन् । यो प्रवृत्ति रहुञ्जेल विकास सम्भव छैन । यस्ता प्रवृति अन्त्य हुनुपर्छ ।’

121489582 432313977738147 7288282685029877194 n

‘रौतहटका गाउँ गाउँमा सडक, नाला, पुललगायतका पूर्वाधार निर्माण गर्ने अभियान कसैले चाहँदैमा रोकिदैन । तर यसका लागि जनताको सक्रियता जरुरी छ’ सांसद साहले भने, ‘यसका लागि गुणस्तरीय काम गर्न ठेकेदारलाई सबै पक्षले दबाब दिनुपर्छ ।’

अनुगमनमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले आवश्यक पर्ने सबै परिस्थितिमा रचनात्मक भूमिका खेल्न आफू सधै तयार रहेको बताए ।

रौतहटमा मौलापुर, गरुडा, कटहरीया, गौर तथा चन्द्रपुरमा शहरी विकासका परियोजनाहरु सञ्चालनमा छन् । शहरी विकास मन्त्री रहेका बेला सांसद साहले रौतहटसहित देशैभर शहरी पूर्वाधार निर्माणको जग बसालेका थिए ।

अनुगमनमा शहरी डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर रञ्जन दास, सम्बन्धित ठेकेदार, नेता एवम् स्थानीय सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७