प्रतिनिधिसभा सांसद तथा जनवादी गायिका सानु शिवा पहाडीको निधन


२८ आश्विन २०७७, बुधबार
sanu

काठमाडौं, २८ असोज । प्रतिनिधिसभाकी सांसद सानु शिवा (पहाडी) को निधन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाकी सांसद एवं जनकलाकार सानु शिवा पहाडीको आज (बुधबार) काठमाडौंकोे केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिइन् ।

२०३६–०३७ सालदेखि नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानकी सक्रिय योद्धा, समाज रुपान्तरणको लागि नेपाली दलित आन्दोलनकी अग्रज, जनवादी लेखक हुन् ।

सानु इलामका साहित्यकार एवम् एकलाइने कविता आन्दोलनका प्रवर्तक डम्बर पहाडीकी जीवन संगी हुन् । उनले धेरै जनवादी गीहरुमा स्वर दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७