बाँकेमा नयाँ आशा जगाउँदै एसपी ओम राना


२९ आश्विन २०७७, बिहीबार
om bahadur rana kaski 1024x700 1

बाँके । प्रहरी उपरीक्षक (एसपी) ओम रानाले बाँकी प्रहरीको कमान्ड सम्हालेको एक महिना पुगेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमा लेखे, ‘बाँकेको शान्ति सुरक्षामा नयाँ आश जगाउँदै एसपी ओम राना ।’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले मात्रै होइन जिल्लाका नेतृत्व गरीरहेका धेरै अगुवाहरुले एसपी रानाको प्रशंसा गरेका छन् । जिल्लादेखि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले समेत प्रहरीको कामलाई खुलेर प्रशंसा गरेका छन् ।

प्रहरीप्रतिको यो नयाँ आशा एपसी रानाले चार महिनामै जगाएका हुन् । बाँके कोरोना संक्रमितको हटस्पट बनिरहेको बेला एसपी रानाले कमाण्ड सम्हालेका थिए । चार महिना अघि एसपी रानाले बाँके प्रहरीको कमान्ड सम्हालेका थिए । यसबीचमा उनले बाँकी प्रहरीको इतिहासमा नयाँ इतिहास कायम गरेका छन् । उनले यसबीचमा ३ सय ६७ अपराधीलाई पक्राउ गरेका छन् । डेढ करोड बढी राजस्व संकलन गरेका छन् ।

एसपी रानाले असार ५ गते आएकै दिन पत्रकार सम्मेलन मार्फत ‘बाँकेलाई अपराधरहित’ बनाउने प्रतिबद्धता जनाएका थिए । १७ बूँदे प्राथमिकताका बिषय सार्वजनिक गर्दै उनले पछिल्लो चार महिनामा संक्रमणको जोखिम छिचोल्दै एसपी रानाले जिल्लाको अपराधीक क्रियाकलाप नियन्त्रणमा लिएका छन् ।

असारमा ८, साउनमा ५६, भदौमा २४१, असोज ९हालसम्म० ६२ जना पक्राउ परेका छन् । उनीहरुबाट ११ लाख ७१ हजार ६ सय ९२ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ९८ बर्ष २ महिना २० दिन कैद सजाय असुल गरिने छ । एक दशकदेखि फरार अभियुक्त पक्राउ सहित सहकारी ठगी, लागु औषध गतिविधि, तस्कर, भन्सारमार्फत भइरहने अवैधमा गतिविधिमा प्रहरीले नियन्त्रण गर्न सक्षम भएको छ ।

दश वर्ष पहिले सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ती मोर्चा(ज्वाला सिंह) मा सक्रिय रहेर जिल्लामा हत्या, अपराध, ज्यान मार्ने उद्योग, बम विस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधार दर्जन धेरै अपराधमा सिंह संलग्न हुदै आएका थिए ।

Om Rana Magar
एसपी राना

बाँके भारतसँगको खुल्ला सीमानासँग जोडिएको छ । यहा“ अवैध लागु औषध, मानव बेचविखन लगायत अपराधीक क्रियाकलापको समस्या छ । ‘संक्रमणको बाहानामा अपराध हुने जोखीम उस्तै हुन्छ’, उनी भन्छन्,‘सामाजिक सुरक्षामा बढी नै संवेदनशील भएर काम गरेका छौं, अपराधीलाई उम्कन दिन्न ।’
बाँकेमा वर्षौदेखि अवैध रुपमा संचालीत २४ वटा क्रस उद्योग बन्द गराउन एसपी रानाको नेतृत्व सफल भएको छ ।

दुई महिनाकै अवधिमा दर्ता नभएका, मापदण्ड पुरा नभएका र नविकरण नगरिएका क्रसर उद्योग कारवाहीमा परेका थिए । यहाको अर्को जटिल अपराधको रुमा देखा परेको सरकारी ठगी हो । लामो समयदेखि फरार रहेका एक सहकारीका मुख्य अभियुक्त पक्राउ गरि प्रहरीले अहिले कारवाही प्रक्रिया अघि बढाएकोछ ।

एसपी रानाका अनुसार, ४३ करोड २ लाख ७३ हजार ९५ रुपैया ठगी गरि फरार रहेका मुख्य प्रतिवादीको कारवाही प्रक्रिया बढेको छ । यसै गरि नेपालमा दुर्लभ बन्यजन्तु मानिएको पाटे बाघको छाला र १० किलो ५०० ग्राम हड्डी सहित व्यक्तिहरु पक्राउ परेको छ । प्रहरीले सवारी ज्यान मुद्धा दर्ता भई फरार रहेका, बम विष्फोटको मुद्धामा फरार, जर्बजस्ती करणी, उद्योग मुद्धामा फरार, ज्यान मार्ने उद्योग मुद्धामा फरार, नागरिकता किर्ते मुद्धामा फरार, लागु औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाझी मुद्धाका फरार, गौबध, अपहरण, शरिर बन्धक र आर्थिक लाभ मुद्धाका फरार दर्जनौं प्रतिवादीहरु पक्राउ परेको छ ।

बाँकेमा प्रहरीले बितेको चार महिनामा १ करोड ५० लाख, ६ हजार ७ सय ५८ रुपैया जरिवाना समेत असुल गरेको छ । ट्राफिक कारवाही तथा जरिवाना, फरार अभियुक्त, जुवा, माक्स प्रयोग नगर्नेबाट, प्रकृतिका स्रोत दोहनबाट राजश्व संकल गरिएको हो ।

विभिन्न अपराधीक तथा कानुन विपरितका गतिविधिमा पक्राउ परेका व्यक्ति, फरार अभियुक्त तथा ट्राफिक कारवाहीबाट १ करोड २ लाख ३४ हजार २१ रुपैया राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

एसपी रानाको नेतृत्वमा अदालतबाट फैसला भई फरार हुदै आएका अभियुक्त पक्राउ गर्न अभियान नै चलाएको छ । चार महिनाको अवधिमा विभिन्न समसयमा अदालतबाट कैद तथा जरिवाना सजाए पाएका ३ सय २८ जना फरार अभियुक्तलाई पक्राउ गरेकोछ । ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, जर्बजस्तीकरणी, लागु औषध कारोबार मुद्धामा ९२ वर्ष ३ महिना कैद सजाय तोकिएका ११ लाख १७ हजार ८ सय ८० रुपैया जरिवाना समेत असुली गरिएको प्रहरीले सार्वजनिक गरेकोछ ।

यसैगरी बाँकेलाई लागु औषध मुक्त बनाउन महाअभियान सुरु गरेका छन् । उनले यो अभियानको नाम राखेका छन्, ‘लागु औषध निस्तेज महाअभियान ।’ हाल उनले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना अघि सारेका छन् ।

प्रहरीले त्यसका लागि १२ प्रकारको टीम तयार पारेको छ । हाइवेको चेकजाँच, मोवाइल गस्ति, साधारण पोशाकमा प्रहरी, शंकास्पद ठाउँमा निगरानीलगायतका टीम परिचालन गरिएको उनको भनाई छ । विशेष सुरक्षा योजनाका लागि ६ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७