काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर बिस्फोट, ११ जना घाइते


२९ आश्विन २०७७, बिहीबार
KTM Gass blast
तस्बिर : सामाजिक सञ्जाल फेसबुकबाट

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार घटनामा ११ जना घाइते भएका छन्। उनीहरूको पिपुल्स र मनमोहनमा उपचार भइरहेको छ । ती मध्ये चार जना गम्भीर घाइते भएका छन् । विस्फोटले झ्यालका सीसा फुटेको छ । भित्ता भत्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७