कोरोनाबाट धरानमा थप एक महिलाको मृत्यु


२९ आश्विन २०७७, बिहीबार
korona death 2

सुनसरी, २९ असोज । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा थप एक महिलाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका –७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

यही असोज २१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भए उनलाई २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिला निमोनिया र हृदय रोगको बिरामी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७