थप ३७ सय ४९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,५३३ पुग्यो

पछिल्लो २४ घण्टामा ३५ सय ६४ जना अस्पतालबाट डिस्चार्ज


२९ आश्विन २०७७, बिहीबार
korona

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ । २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७