काठमाडौं उपत्यकामा थपिए एक हजार ९३५ संक्रमित


२९ आश्विन २०७७, बिहीबार

काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३७ सय ४९ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ । २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७