आफ्नो दशैं भत्ता फिर्ता गर्न नेता रावलको संसद् सचिवालयलाई पत्र


२ कार्तिक २०७७, आईतवार
Bhim Rawal 1

काठमाडौं, २ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।

आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले दशैं भत्ता फिर्ता गर्न पत्र काटेको जानकारी गराएका हुन् । उनले दशैं भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको समेत बताएका छन् ।

‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’

उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताएका छन् । कोरोना महामारीका बेला सांसदहरुका लागि दशैं भत्ता छुट्ट्याइएको भन्दै दबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन् ।

bhim rawal release JEjdOvdgcv

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७