प्रधानमन्त्री र मन्त्रीहरुको दशैं भत्ता कोरोना कोषमा


३ कार्तिक २०७७, सोमबार
parbat gurung 1 scaled

काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे ।

मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारबाट सरकारले हात झिकेको भन्ने भनाई भ्रमपूर्ण रहेको बताएका छन् ।

उनले सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारेका छन् ।

उनले काठामाडौं उपत्यकाका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७