कोरोनाबाट एकै दिन गयो २६ जनाको ज्यान, नेपालमा मृत्तक संख्या ७९१ पुग्यो

काठमाडौं, ५ कार्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २६ जनाको ज्यान गएको छ ।
योसहित आज (बुधबार) सम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या ७९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा तीन हजार १०७ सहित देशभर थपिए ५७ सय ४३ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ५ हजार ७४३ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका तीन हजार १०७ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् । आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७९१ पुगेको छ ।