कालापानीबारे नेपाल अरूको इसारामा बोल्यो भन्ने भारतीय सेना प्रमुख नरवणे १८ कात्तिकमा आउँदै


६ कार्तिक २०७७, बिहीबार
manimukunda indian sena

काठमाडौं, ६ कार्तिक । नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने भारतीय सेनाध्यक्ष मणिमुकुन्द नरवणेलाई नेपालमा स्वागत र सम्मानको तयारी भइरहेको छ ।

भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरवणे १८ कात्तिकमा नेपाल भ्रमण आउन लागेका हुन् । उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् । तर, तिनै सेनाध्यक्ष नरवणेले राष्ट्रपतिले नीति तथा कार्यक्रममा बोलेको विषयमा कठोर टिप्पणी गरेका थिए ।

भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालमा ‘अरू कसैका लागि’ लिपुलेक क्षेत्रमा निर्माण गरिएको भारतीय सडकको विरोध भएको बताएका थिए । भारतको मनोहर पारिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसद्वारा आयोजित वेविनारमा सेनाध्यक्ष नरवणेले चीनको इसारामा नेपालले विरोध गरेको सुनाएका थिए ।

‘लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन,’ उनको भनाइ थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७