सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वार्षिकोत्सवमा आमाको घरलाई सहयोग


१४ कार्तिक २०७७, शुक्रबार
amako ghar

काठमाडौ, १४ कार्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा प्रदेश ३, काठमाडौ, रविभवन स्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।

बालुुवाटार, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग गरेको हो ।

बैंकले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको प्रेस विज्ञप्ती बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७