प्रिमियर लिग : लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी


१६ कार्तिक २०७७, आईतवार
115108460 kylewalker 1

काठमाडौं, १६ कार्तिक । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु लिरभपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

गए राति भएको खेलमा च्याम्पियन लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हरायो । वेष्ट ह्यामका पाब्लो फोर्नाल्सले पहिलो गोल गरेको खेलमा लिभरपुललाई जिताउन मोहोमद सालाह र डिएगो योटाले एक एक गोल गरे ।

गए राति भएको अर्को खेलमा चेल्सीले बर्नलेमाथि ३–० को जित निकाल्यो । चेल्सीका लागि हकिम जियक, कर्ट जुमा र टिमो वेर्नरले एक एक गोल गरे । गए राति नै म्यान्चेस्टर सिटीले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्‍यो । सिटीका लागि कायल वाल्करले निर्णायक गोल गरे ।

गए रातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १६ अंक भएको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७